२० बैशाख २०८१, बिहीबार

 

रेडियो टेक्नोलोजिष्ट विमल कुँवरको विदाई

बागलुङ । धौलागिरि अस्पतालले रेडियो टेक्नोलोजिष्ट विमल कुँवरको विदाई गरेको छ ।

कुँवर लोक सेवा आयोगको स्थायी पदमा नाम निकाली पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा प्रारम्भ गर्न जान लागेकोले शुक्रबार धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रवी रञ्जन प्रधानले कुँवरको थप प्रगतिको कामना सहित विदाई गर्नु भएको हो ।

कुँवरले धौलागिरि अस्पतालमा बस्दा गर्नु भएको राम्रो सेवाबाट अरु चिकित्सक र स्वास्थ्यकर्मीलाई सकरात्मक प्रभाव परेको धौलागिरि अस्पतालका प्रशासन प्रमुख सुरज मलेपतीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्