१९ बैशाख २०८१, बुधबार

 

बागलुङ समाजको निःशुल्क स्वास्थ्य शिविरमा ७ सय वढीले सेवा लिए

बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७ सय बढीले सेवा लिएका छन् । समाजले बागलुङ नगरपालिका कार्यालय, धौलागिरि अस्पताल र गण्डकी मेडिकल कलेज पोखरासँगको समन्वयमा आयोजना गरेको दुई दिने स्वास्थ्य शिविरमा ७ सय बढीले सेवा लिएका हुन् ।

निःशुल्क स्वास्थ्य शिविरमा शुक्रबार ४ सय १५ जनाले सेवा लिएका थिए भने शनिबार ३ सय जनाले सेवा लिएका थिए ।शिविरमा हाड जोर्नि, मुटु, पिशाव, महिला तथा स्त्री र क्यान्सर रोगको परीक्षण तथा सुगर, भिडियो एक्सरे, मुटुको इको सेवा र औषधी प्रदान गरिएको छ ।

स्वास्थ्य शिविरमा गण्डकी मेडिकल कलेज पोखराका १५ जना विशेषज्ञ चिकित्सकहरुले उपचार गरेका थिए। शिविरमा हाड जोर्नि, मुटु, पिशाव, महिला तथा स्त्री रोग संम्बन्धी विरामीहरुको बढी रहेका थिए ।

आजको स्वास्थ्य शिविरमा सुदुर ग्रामीण भेगका धेरै नागरिकहरुले सेवा लिएका थिए ।

साथै नियमित औषधी सेवन गरी रहेका र जटिल खालको रोग लागेका विरामीहरुले समेत स्वास्थ्य उपचार गराएका थिए । शिविरमा हाड जोर्नि, मुटु, पिशाव, महिला तथा स्त्री रोग संम्बन्धी विरामीहरुको बाहुल्यता रहेको डा. रविन्द्र कुमार श्रेष्ठले नयाँ विश्वलाई जानकारी दिनु भयो ।
जटिल प्रकारको हाड जोर्निको रोग लागेका विपन्न विरामीहरुको गण्डकी मेडिकल कलेज पोखराले सहुलियतमा उपचार गर दिन मेडिकल कलेजका प्रिन्सिपल श्रेष्ठ जानकारी दिनु भयो ।

ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले बागलुङमा शिविर सञ्चालन गरेको बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले जानकारी दिनु भयो ।

विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्न सक्ने श्रेष्ठको भनाई थियो । विसं २०३९ सालमा स्थापना भएको समाजले लामो समयदेखि शिक्षा, स्वास्थ्य, मावनता र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्