२१ बैशाख २०८१, शुक्रबार

 

आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्बाङ्गको आफ्नै भवनबाट सेवा सुरु

बडिगाड । बडिगाड गाउँपालिका-२ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्बाङ्गले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । स्वास्थ्य सेवा केन्द्रले सोमबारदेखि नवनिर्मित भवनबाट सेवा सुरु गरेको हो ।

नयाँ भवनको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले सुभारम्भ गर्नु भएको हो । स्वास्थ्य सेवा केन्द्र यस अगाडि लुथ्रनले बनाएको जिबिसको भवनबाट सञ्चालन हुँदै आएको थियो । नयाँ भवनबाट सेवाग्राहीले सर्वसुलभ रुपमा सेवा पाउने स्वास्थ्य शाखाका प्रमुख विपेन्द्र केसीले नयाँ विश्वलाई बताउनु भयो ।

बडिगाड गाउँपालिकाको प्रत्येक वडामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई प्रभावकारी बनाउनको लागि गाउँपालिकाले भौतिक पूर्वाधार, दक्ष जनशक्ति र प्रविधि मैत्री सेवालाई प्राथमिकतामा राखेर योजनावद्ध ढंगले लगानी गरी रहेको अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनु भयो ।

रोग नियन्त्रणको लागि स्वास्थ्य शाखाले प्राथमिक उपचार र खोप अभियानलाई पनि तीब्र गतिमा अगाडि बढाएको छ । स्वास्थ्य शाखाले केहि समय अगाडि आफनो स्वास्थ्य केन्द्रमार्फत खोप केन्द्रहरु स्थापना गरी  नौ महिना पुरा भएको र पाँच वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा-रुबेला खोप लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्