२२ बैशाख २०८१, शनिबार

 

गण्डकी सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखियो

गण्डकी सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त हुँदा सभामुखको समेत समर्थन रहेको दाबी गर्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उक्त नियुक्ति बदरको माग गर्दै रिट दिएका थिए।

सो रिटमा सोमबारदेखि न्यायाधीश् सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासमा सुनुवाइ भइरहेको छ । सोमबार सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्