६ कार्तिक २०८३, बिहीबार

 

तंग्राममा नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका—४ तंग्राममा महिला शसक्तीकरण तथा सिपमूलक कार्यक्रम अन्तर्गत महिलाहरुका लागि नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले महिलाहरुको नेतृत्व तथा क्षमता विकासका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । मिठो बोली र सरल व्यवहारले समाजमा मेलमिलाप कायम गर्न र आफसी सद्भाव र भाईचारा कायम राख्नका लागि सहयोग पुग्ने बताए ।

कार्यक्रममा काठेखोला गाउँपालिका—४ तंग्रामका अध्यक्ष लक्ष्मण पुन, काठेखोला गाउँ कार्यपालिका सदस्य एवं प्रवक्ता टीका संगम विक लगाएतले मन्तव्य व्यक्त गरेका थिए काठेखोला गाउँपालिका—४ तंग्रामकी वडा सदस्य एवं महिला समन्वय समिति संयोजक सम्झना थापामगरको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत समन्वय समितिका सहसंयोजक हिरामाया विकको स्वागत र सञ्चालन वडा सदस्य भूमिका थापा परियारले गरेका थिए ।

सोमबारबाट सुरु भएको तालिम बिहीबार सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung