४ श्रावण २०८३, सोमबार

 

बागलुङमा सम्पन्न वाहिनीपति ट्रफी प्रतियोगिता– २०८१ को उपाधि नारायणदल गणलाई

बागलुङ । श्री नं. २३ वाहिनी अड्डा बागलुङले आयोजना गरेको ‘वाहिनीपति ट्रफी प्रतियोगिता २०८१ उपाधि नारायण दल गण मुस्ताङले जितेको छ ।

सामूहिक विधातर्फका भलिवल, फुटबल, बास्केटबलमा प्रथम र एकल विधातर्फ तेक्वान्दो, बक्सिङ्ग, एथलेटिक्स, पौडी खेलमा उत्कृष्ट अंक ल्याई समग्रमा प्रथम हुँदै नारायण दल गण मुस्ताङले उपाधी हात पारेको हो ।

नारायण दल गणले अन्तिम प्रतियोगिता अन्तर्गत फुटबल प्रतियोगितामा भने उपविजेत बनेको छ । फाइनलमा श्रीमेहर गणका घोडावाधेसँग २-० गोल अन्तरमा पराजित भएको थियो ।

प्रतियोगितामा पर्वतबाट नयाँ रणभीम गुल्म, म्याग्दीबाट शत्रुभन्जन गुल्म, मुस्ताङबाट नारायण दल गण र बागलुङबाट श्री मेयर गण गरी चार वटा गण तथा गुल्महरूबिच प्रतिस्पर्धा भएको थियो ।

भलिबलतर्फ चार वटा गण तथा गुल्महरूका साथै २३ नम्बर बाहिनी गरी ५ समूहले भाग लिएका थिए ।

श्री नं २३ वाहिनी अड्डालेले गत १७ गतेबाट आयोजना गरेको विभिन्न विधाहरु भलिबल, फुटबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ्ग, एथलेटिक्स, पौडी खेलमा खेलाडीहरुलाई सहभागी गराई उत्कृष्ट खेलाडी छनौट गरी श्री पश्चिम पृतना हेड क्याटरमा असार २ गतेबाट सञ्चालन हुने “पृतनापति ट्रफि९२०८१” मा सहभागी हुन पठाउने श्री नं २३ वाहिनी अड्डाका सह–सेनानी सन्तोष पाण्डेले नयाँ विश्वलाई बताउनु भयो ।

प्रतियोगितामा सामूहिक तथा एकल विधातर्फ गरी २४७ जना खेलाडीहरु सहभागी भएकोमा पृतनापति ट्रफि प्रतियोगिताको सामूहिक तथा एकल विधातर्फ १८५ जना खेलाडीहरु छनौट हुन सफल भएका छन् ।

प्रतियोगितामा प्रथम तथा द्वितीय हुने खेलाडीहरु, खेल सञ्चालनको लागि विभिन्न खेलका एम्पायर तथा अफिसियलहरु र समग्रमा वाहिनीपति टफ्रि २०८१ मा सर्वोत्कृष्ट हुने युनिटलाई बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठ र बाहिनीपति सहायक रथी जगतबहादुर पौडेलले लगाएतले वाहिनीपति टफ्रि, मेडल, प्रमाणपत्र तथा प्रशंसापत्र वितरण गर्नु भएको थियो ।

सहायक रथी पौडेलले यो प्रतियोगिताको उद्देश्य वाहिनी तथा अन्तरगतका युनिटहरूमा रहेका खेलाडीहरूको पहिचान गरी उत्कृष्ट वाहिनी टिम तयार गर्नु रहेको बताउदै खेल आफैमा प्रतिस्पर्धात्मक विधा भए पनि स्वच्छ र मनोरञ्जनको रूपमा सञ्चालन हुनका लागि खेलाडीहरू अनुशासित र मर्यादित हुनुपर्ने बताउनु भयो।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung