५ कार्तिक २०८३, बुधबार

 

वडा कार्यालयमै आएर धम्काउनेलाई कारवाहीको माग गर्दै कार्यपालिका सदस्य धनमाया शर्माद्वारा प्रशासनमा उजुरी

बागलुङ । बागलुङ नगरपालिका-३ का सदस्य तथा नगर कार्यपालिका सदस्य धनमाया शर्माले आफनो अपमानित गर्ने भिडियो बनाउने र धम्काउने कार्य गर्नेलाई कानुनी कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिनु भएको छ ।

आइतबार दिउँसो आफू वडा नं ३ को कार्यालयमा रहेको बेला बागलुङ नगरपािलका वडा नं ३ निवासी निर्माण व्यवसायी हरि रुचालले अनुमति विना अपमानित गर्ने भिडियो बनाएको तथा धम्काएको भन्दै प्रशासनमा उजुरी दिनु भएको हो ।

रुचालले खिचेको भिडियोको केही अंश बानपा-१२ घर भै हाल बानपा-३ निवासी एक बहादुर केसीले साइबर कानुन विपरित आफ्‌नो फेसबुक वाल मार्फत सार्वजनिक गरी मेरो ईज्जत प्रतिष्ठालाई ख्याल नगरी मान मर्दन गरेको तथा हरि बागलुङ भन्ने फेसवुक वालबाट समेत उक्त भिडियो पोष्ट भएको हुँदा दुबै भिडियो पोष्ट गर्ने व्यक्ति र भिडियो उपलब्ध गराउनेलाई साईबर क्राईम अन्तर्गत कारवाहीको माग गर्नु भएको छ।

बागलुङ नगरपालिका-३ छहरा पँधेरा स्थित चौलानी खोल्सामा २०८० श्रावण, भाद्रमा सम्पन्न गरिएको भनेको कामको करिव १० महिना पश्चात २०८१ असार २३ गते अनुगमन समितिको फाराम भरी योजना राम्रो छ भन्ने व्यहोरामा सहिछाप गर्न दवाव दिएको र आफूले पालिकाको नियम अनुसार उक्त योजनालाई स्थलगत अनुगमन गरी प्रतिवेदनमा सहि गर्छु भन्दा रुचालले दुव्र्यहार गरेको शर्माले बताउनु भयो ।

शर्माले सोमबार दिएको उजुरीलाई प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिनु भएको छ ।

शर्माले कानुनी कारवाहीको माग गर्दै कार्यालयमा दिएको उजुरी आफूले अध्ययन गरेको र आवश्यक अनुसन्धान अगाडि बढाउन सोमबार नै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको प्रजिअ सुवेदीले नयाँ विश्वलाई बताउनु भयो ।

शर्माको उजुरी प्रमुख जिल्ला अधिकारीको तोक पश्चात आफनो कार्यालयमा प्राप्त भएको, यस विषयमा अनुसन्धान अगाडि बढेको र दुवै पक्षलाई मंगलबार कार्यालयमा बोलाइ छलफल गरिने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung