बागलुङ । न्यू ओएसिस एकेडेमी बागलुङमा विद्यार्थीहरूको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा शैक्षिक सत्र २०८१ मा कक्षा ११ मा अध्ययनको लागि भर्ना भएका विद्यार्थीहरुको अभिमुखिकरण कार्यक्रम गरिएकोे हो ।
कक्षा ११ मा अध्ययन गर्न आएका ७० जना विद्यार्थीहरुलाई प्रिन्सिपल नेत्र न्यौपानेले विद्यालयको वार्षिक कार्योजना, विद्यार्थी आचार संहिता र विद्यार्थीको कार्यमुल्याङकन प्रक्रियाका बारेमा जानकारी गराउनु भएको थियो । होटल व्यवस्थापन विषयका बारेमा शेरबहादुर पुनले सहजिकरण गर्नु भएको थियो ।
होटल व्यवस्थापन विषयमा अध्यापन गराउर्दै आइरहेको ऐकेडेमी धौलागिरि क्षेत्रकै पहिलो विद्यालयले हो । साथै विद्यालयले व्यवस्थापन विषयमा पनि अध्यापन गराउदै आएको छ । होटल म्यानेजमेण्ट विषयमा विद्यार्थीहरुको आकर्षण देखिन्छ । कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष दुर्गा बहादुर कुँवरले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
विद्यालयका प्रिन्सिपल नेत्र न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संचालक समितिका कोषाध्यक्ष तथा शिक्षक राम्जी प्रसाद सुवेदी र कार्यक्रमको संचालन लेखापाल पुर्ण बहादुर खड्काले गर्नु भएको थियो ।
आइतबारदेखि नयाँ शैक्षिक सत्रको औपचारिकरूपमा कक्षा संचालन गरेको विद्यालयले विद्यार्थीहरुको सहजताको लागि रत्नेचौर, कुँडुले रामरेखा, बसपार्क हुदै ट्राफिक चोकबाट विद्यालय भ्यान छुट्ने विद्यालयले जनाएको छ ।




















































































































































































































