१७ कार्तिक २०८३, सोमबार

 

सांसद शेरचनद्वारा बडिगाडका पहिरोपीडितलाई राहत वितरण

बडीगाड । नेपाली कांग्रेस बाग्लुङका सभापति एवम् गण्डकी प्रदेश सभाका सदस्य जीतबहादुर शेरचनले बडिगाडका पहिरोपीडितहरूलाई राहत हस्तान्तरण गरेका छन् ।

आइतबार सभापति शेरचनले बडीगाड गाउँपालिकाका बाढी र पहिरो पीडितलाई राहत हस्तान्तरण गरेका हुन् । पहिरोबाट ५५ परिवार प्रभावित भएका थिए ।

अविरल वर्षाका कारण आएको पहिरोबाट साउन २२ गते बडीगाड गाउँपालिका – ९ र वडा १० आरुपाटाका १२ जना मृतक परिवारलाई राहत हस्तान्तरण गरिएको नेपाली कांग्रेसका नेता एवम् महाधिवेशन प्रतिनिधि देवेन्द्र घर्ती मगरले बताए ।

पहिरोपीडितहरुलाई बडिगाड गाउँपालिकाको अध्यक्ष गण्डकी थापा अधिकारीको पनि राहत वितरण गर्नु भएको थियो ।

राहत वितरणमा बडीगाड गाउँपालिकाकी उपाध्यक्ष भीमसेन वन, वडाध्यक्षद्वय वीरेन्द्र वुढा र कृष्ण केसीको उपस्थिति रहेको थियो ।

मृतकका परिवारलाई पाँच हजार र घाइतेलाई प्रतिव्यक्ति दुई हजारको दरले हस्तान्तरण गरिएको थियो।

पीडित २२ घरपरिवारलाई प्रति परिवार चामल २५ किलो, दाल ३ किलो, नुन २ किलो, गहुँको पिठो ५ किलो, खाने तेल ३ पोका, मसला १ प्याकेट, बेसार १ प्याकेट, लुगा धुने साबुन ३ वटा, नुहाउने साबुन १ वटा, मन्जन १ वटा, ब्रस १ वटा र मसला १ प्याकेट वितरण गरिएको छ ।

कांग्रेसका युवा नेता समेत रहेका व्यवसायी पूर्ण हमाल, प्रभु ग्रुपका अध्यक्ष एवम् प्रतिनिधि सभाका सांसद देवीप्रकाश भट्टचन, कांग्रेसका नेता राजु रेग्मी, भीमु क्षेत्री, टिलबहादुर अधिकारी र सामाजिक अभियान्ता प्रकाश शेरचनले पनि सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung