९ कार्तिक २०८३, आईतवार

 

विद्यामन्दिर माविमा विज्ञान क्लब गठन, अध्यक्षमा प्रतिक चालिसे

बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयको विज्ञान संकायको कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुले विज्ञान क्लब गठन गरेको छ ।

आइतबार प्रतिक चालिसेको अध्यक्षतामा २३ सदस्यीय विज्ञान क्लब गठन गरेको विद्यालयका विज्ञान संकायका ईन्चार्ज कृष्ण गौतमले नयाँ विश्वलाई बताउनु भयो ।

समितिको उपाध्यक्षमा शिक्षा गौतम, सचिवमा करुणा पुन, सहसचिवमा अनुष्का पौडेल, कोषाध्यक्षमा खुशी थापा र सहकोषाध्यक्ष जविक सुृवेदी रहेका छन् ।

साथै सदस्यहरुमा निरुता परियार, अञ्जली पौडेल, निर्जला तुलाचन, सुप्रिया कार्की, प्रिष्मा खड्का, आयुष्मा चौलागाई, स्मृति थापा, प्राप्ति आचार्य, पूर्णिमा थापा, शम्भव शर्मा, कृष्ण प्रसाद शर्मा, मौसम पौडेल,किरण पौडेल, घनश्याम आचार्य  सौगात कुँवर, कमल पौडेल र निशान थापा रहेका छन् ।

विज्ञान क्लबले विज्ञान संम्बन्धी सृजनशिल र प्रयोगात्मक गतिविधिमा विद्यार्थीहरुलाई भाग लिन प्रोत्साहित गर्ने क्लबका अध्यक्ष चालिसेले नयाँ विश्वलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung