९ कार्तिक २०८३, आईतवार

 

१७औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सरसफाइ

बागलुङ । विद्यामन्दिर पुस्तकालयले १७औँ राष्ट्रिय पुस्तकालय दिवसको उपलक्ष्यमा पुस्तकालय परिसरमा मंगलबार सरसफाइ गरिएको छ।

सरसफाइ कार्यक्रममा वडा अध्यक्ष, पुस्तकालयका पूर्व अध्यक्ष, कार्यसमितिका पदाधिकारी, सदस्य, संरक्षक सदस्य र कर्मचारीहरुको उपस्थित थियो।त्यसक्रममा बोल्दै पुस्तकालयका अध्यक्ष राम थापाले पुस्तकालयलाई सफा, स्वच्छ र सुन्दर सहर बनाउन सबैको हातेमालो जरुरी रहेको बताए।

उनले सरसफाइ अभियानलाई निरन्तर रुपमा अघि बढाउनुपर्नेमा जोड दिए।यो वर्ष ‘‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यसहित सो दिवस मनाइँदैछ ।

बर्सेनि भदौ १५ गते पुस्तकालय दिवस पर्छ । बुधबारदेखि विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘सिर्जनशील लेखन कार्यशाला’ आयोजना गरिएको छ ।

उक्त कार्यक्रम प्याब्सन, एनप्याब्सन, बागलुङ जेसीज, विद्यामन्दिर माध्यमिक विद्यालयसँगको सहकार्यमा गरिने भएको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो ।

कार्यशालाको सहजीकरणका बाल साहित्यकार यशु श्रेष्ठले गर्नु हुने भएको छ।

कार्यशालामा मूलतः कथा, कविता, निबन्ध सहित बालबालिकामा लेखन सीप प्रर्वद्धन, बालबालिकामा बढ्दो मोबाइलको नकारात्मक लत न्यून गर्ने र मोबाइललाई कसरी सिकाइमा उपयोग गर्ने, शिक्षणमा कथावाचनको महत्व, प्रभाव र तरिकाबारे शिक्षकहरूसँग पनि अन्तरक्रिया गरिने भएको छ।साथै १४ गते बागलुङ नगरपालिकाका माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता र १५ गते मूल समारोह रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung