१७ कार्तिक २०८३, सोमबार

 

आश्रमको १२औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

बागलुङ । मानव सेवा आश्रमको १२औँ स्थापना दिवसको अवसरमा आयोजित वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त रक्तदान कार्यक्रममा आश्रमका अध्यक्ष रामजी अधिकारी, बागलुङका सञ्चालक शिव खड्का, राजेश पौडेल लगायत १६ जनाले रक्तदान गर्नु भएको थियो।

कार्यक्रम आयोगको परिसरमा बिहान ७ बजेदेखि नौ बजेसम्म भएको आश्रमकी सञ्चालिका विपना तामाङले जानकारी दिनु भयो ।

रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखासँगको समन्वयमा भएको थियो ।

२०६५ भाद्र १३ गते हेटौडाको सडकपेटीहरूमा सहयोगापेक्षी अवस्थामा जीवनयापन गरिरहनु भएका ५ जना वेसहारा आमा वुवालाई उद्दार गरि मानव सेवा आश्रमको सुरुवात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung