९ कार्तिक २०८३, आईतवार

 

तीज नृत्य प्रतियोगितामा गुराँस विद्या सदन प्रथम, फ्युचर ब्राइटर द्वितीय र प्रिसियस एकेडेमी तृतीय

बागलुङ । नेशनल प्याब्सन अन्तर्गत अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगितामा गुराँस विद्या सदनका विद्यार्थी प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

शुक्रबार प्रिसियस एकेडेमीको सभा हलमा भएको प्रतियोगिता फ्युचर ब्राइटर बोडिङ स्कुल द्वितीय र प्रिसियस एकेडेमी तृतीय भएका थिए ।

प्रतियोगितामा सान्त्वना कालिगण्डकी आवासिय मावि भएको थियो ।

प्रथम हुनेलाई नगद १५ हजार, ट्रफि र प्रमाणपत्र रहेको छ भने द्वितीय हुनेलाई १० हजार, ट्रफि र प्रमाणपत्र र तृतीय हुनेलाई नगद ७ हजार , ट्रफि र प्रमाणपत्र रहेको थियो ।

यस पटक हौसला स्वरुप सहभागि विद्यालयका विद्यार्थीहरुलाई नगद ५ र प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

कार्यक्रममा ८ वटा विद्यालयका विद्यार्थीहरु सहभागी रहेका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेल, नेशनल प्याब्सन जिल्ला अध्यक्ष तथा न्यू ओएसिस एकेडेमीका प्रिन्सिपल नेत्र लाल न्यौपाने, प्याब्सन नगर समितिका अध्यक्ष तथा न्यु एभरेष्ट एकेडेमीका प्रिन्सिपल कृष्ण अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेशनल प्याब्सन नगर समितिका अध्यक्ष तथा सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल चन्द्रबहादुर क्षेत्रीको अध्यक्षता, प्रिसियस एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजनप्रसाद शर्माको स्वागत र नेशनल प्याब्सन नगर समिति सचिव तथा गुराँस विद्या सदनका प्रिन्सिपल निशान खड्काको सञ्चालनमा सम्पन्न्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung