बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययरत विद्यार्थीहरुले नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेका छन् ।
कार्यक्रममा विद्यामन्दिर माध्यमिक विद्यालयका कक्षा ११ र १२ का पूर्व संयोजक तथा धौलागिरि बहुमुखी क्याम्पसका उपप्रध्यापक डा. डिल्ली राज गौतम, पूर्व प्रधानाध्यापक जगन्नाथ आचार्य, प्रधानाध्यापक छवि रमण रेग्मी, व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य, बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेल, गण्डकी प्रदेश सभा सदस्य लिलाबहादुर थापा मगरले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयको कार्यक्रमको बारेमा विद्यालयका विहानी ईन्चार्ज तथा सूचना अधिकारी कुल राज शर्माले जानकारी दिनु भएको थियो ।
विसं १९९७ सालमा ओमप्रसाद गौचन र मेघ कुमार वैधले स्थापना गरेको यस विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म १४ सय विद्यार्थी अध्ययरत छन् ।
कार्यक्रम कक्षा १२ को विद्यार्थी तुफान श्रीसको अध्यक्षता, कक्षा १२ को निरुता परियारको स्वागत, धन्यवाद कक्षा ११ का विद्यार्थी संस्कार गौतमको धन्यवाद र कक्षा १२ का अन्जली पौडेल, हिमाल आचार्य र सविना क्षेत्रीले सञ्चालन गरेका थिए ।




















































































































































































































