बागलुङ । जैमिनी नगरपालिका-१ सिरुबारीस्थित जनचेतना प्राथमिक विद्यालयका विद्यार्थीहरुका लागि झोला वितरण गरिएको छ ।
हाम्रो संसार सस्थाको संयोजनमा विद्यार्थीलाई जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले झोला हस्तान्तरण गर्नु भएको थियो ।
विद्यालयमा अध्ययरत २५ जना विद्यार्थीले झोला प्राप्त गरेका थिए ।
जैमिनी नगरपालिकाका नगर उपप्रमुख शर्मा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि विभिन्न सहयोगी हातहरुको आवश्यक रहेको बताउनु भयो । विद्यार्थीको सिकाई उपलब्धी बढाउन उनीहरुलाई मेहनती शिक्षक, सृजनात्मक अभ्यास र उपयुक्त वातावरण चाहिएको शर्माको भनाई थियो ।




















































































































































































































