बागलुङ । हरेक वर्ष भाद्र २२ गते मनाउदै आईएको निजामति सेवा दिवसको सन्दर्भ पारी पूर्व कर्मचारी सेवा परिषद नेपाल बागलुङ शाखाको सातौं साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ ।
नेपाल सरकारको विभिन्न सेवावाट सेवा निवृत्त कर्मचारीहरुको हक हितका लागि २०५२ साल फाल्गुण १ गते बागलुङमा पनि पूर्व कर्मचारी सेवा परिषद नेपाल, बागलुङ शाखाको स्थापना गरिएको थियो ।
साधारण सभाका अवसरमा परिषदका सचिव महेन्द्रसिंह रायमाझिले संगठनको आर्थिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा सेवा निवृत्त भएपछि लामो समय संस्थामा पुर्याउनु भएको सेवा स्वरुप पूर्व कर्मचारी भिमबहादुर खत्रीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले पूर्व कर्मचारीहरुको अनुभव र विज्ञतालाई सरकारले उपयोग गर्दै पूर्व कर्मचारीहरुको सेवा सुविधामा समेत ध्यान दिनुपर्ने बताउनु भयो ।
समाजमा आत्महत्याको जोखिम बढ्दै गएको छ यसको न्युनिकरणका लागि पनि पूर्व कर्मचारी सेवा परिषदले अहं भूमिका निर्वाह गर्न सक्ने बताउनु भयो ।
कोष सानो होला मन त सानो छैन नी भन्दै मनलाई फराकिलो बनाई साना तिना छलफल परामर्श संम्वाद र प्रकाशन जस्ता कार्यक्रमहरु नियमित गरि संस्थालाई क्रियाशिल बनाई रहन सुझाव दिनु भएको थियो । सोहि अवसरमा सुवेदीले पूर्व कर्मचारी सेवा परिषदको संस्थागत विकासका लागि टोकन मनि स्वरुप रु ११ हजार एक सय ११ रुपैयाँ नगद सहयोग गर्नु भएको थियो ।
कार्यक्रममा पूर्व कर्मचारी सेवा परिषद नेपालका उपाध्यक्ष काजी रोशन राजभण्डारी, पूर्व कर्मचारीहरु युक्त प्रसाद सुवेदी ,लिलादेवी खड्का , पूर्व प्रहरी संगठनका टिकाबहादुर कार्की, भुपू सैनिक संठनका तिलकबहादुर थापाले पूर्व कर्मचारीहरुको अनुभव, अभ्यास र ज्ञान सबै सरोकारवालाहरुलाई काम लाग्ने बताउनु भयो ।
पूर्व कर्मचारी सेवा परिषद नेपाल, बागलुङ शाखाका अध्यक्ष चिरञ्जिवि कुमार श्रेष्ठको अध्यक्षता, सदस्य वुद्धि वहादुर केसीको स्वागत र सदस्य बद्रि प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
आजै सम्पन्न पूर्व कर्मचारी सेवा परिषद नेपाल बागलुङ शाखाको सातौ अधिवेशनवाट महेन्द्रसिंह रायमाझीको अध्यक्षतामा ११ सदस्यीय कर्य समितिको चयन गरेको ।
समितिको उपाध्यक्षमा लिलादेवी खड्का, सचिवमा युक्त प्रसाद सुवेदी, कोषाध्यक्षमा इश्वर प्रसाद श्रेष्ठ रहनु भएको थियो । समितिको सदस्यहरुमा राम प्रसाद श्रेष्ठ, वद्री प्रसाद पौडेल, सूर्यकुमारी श्रेष्ठ, शुभ श्रेष्ठ, नरिश्वर शर्मा, शिवबहादुर केसी र वावुराम केसी रहेका छन् ।















































































































































































































