३ श्रावण २०८३, आईतवार

 

काठेखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्की

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा चुर्णबहादुर कार्की आउनु भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्कीलाई पठाएको गाउँपालिकाका प्रवक्ता टिका संगम विकले जानकारी दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम गृह मन्त्रालयमा सरुवा भएका छन् ।

नवआगन्तुक प्रमुख प्रशासकीय कार्कीलाई गाउँपालिका अध्यक्ष राजु थापा, प्रवक्ता टिका संगम विक, निमित्त प्रमुख प्रशासकीय अधिकृत उत्तम पौडेल लगायतले कार्यालयमा स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung