१८ कार्तिक २०८३, मंगलवार

 

जेसीज सप्ताहमा ‘विगतसँग वर्तमान’ गोष्ठी सम्पन्न

बागलुङ । युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीज वर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताहको पाँचौ दिन बागलुङ जेसीजको स्थापना दिवससँगै विगतसँग वर्तमान विषयक गोष्ठी सम्पन्न भएको छ।

जेसीज सप्ताह २०२४ को पाँचौ बागलुङ जेसीजको स्थापना दिवससँगै पूर्वअध्यक्षहरु र वर्तमान अध्यक्षसँग विगतसँग वर्तमान कार्यक्रम गरि मनाइएको हो ।

बागलुङ जेसीज स्थापना पश्चातहाल सम्म भएका अध्यक्षहरुको अनुभव र वर्तमान समितिले गरेका गतिविधि र गर्नुपर्ने कार्यक्रमका बारेमा जानकारी गराउने अभिप्रायले विगतसँग वर्तमान कार्यक्रम गरिएको सप्ताहका मुल संयोजक एवं कार्यकारिणी उपाध्यक्ष बलराम कँडेलले जानकारी दिनु भयो ।

कार्यक्रमको उद्घाटन गर्दै बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठले युवाहरुलाई एकीकृत गरि उनीहरुको क्षमता र नेतृत्व विकासमा सहयोग गरि समाजको असल र नेतृत्वदायी व्यक्तिको रुपमा विकास गर्ने अभिप्रायले सन १९७८ मा बागलुङ जेसीजको स्थापना भएको बताए ।

पूर्वअध्यक्षहरु सुरेशप्रसाद श्रेष्ठ, इन्द्रा श्रेष्ठ, कृष्णगोविन्द राजभण्डारी, रामराज गुरुङ, जय राजभण्डारी, सुदिप राजभण्डारी, पार्वती अधिकारी, ऋषिराम गौतम, सुरेन्द्र शाक्य, आनन्द रेग्मीले आफूले गरेका काम र अवको समितिले गर्नुपर्ने कामका बारेमा आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघका सचिव विजय राना र कान्तिपुर दैनिकका संम्वाददाता प्रकाश बरालले पनि जेसीजले गरेका काम र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा सुझाव राखेका थिए ।

कार्यक्रम बागलुङ जेसीजका अध्यक्ष गणेश महतोको अध्यक्षता, मुल संयोजक एवं कार्यकारिणी उपाध्यक्ष बलराम कँडेलको स्वागत र निर्देशक तथा कार्यक्रम संयोजक स्विकृती भारी र लिडर्स अध्यक्ष सुजन श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung