गलकोट । गलकोट नगरपालिका-६ स्थित न्यू लाईफ आवासिय माद्यमिक विद्यालय आधारभुत तह स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
१५ औँ निकेश चन्द्र चोखाल (निभेस) को स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगर शिक्षा अधिकारी रुद्र नारायण सापकोटाले सामुदायिक विद्यालय र संस्थागत विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा गराएर गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताउनु भएको छ ।
उहाँले यहाँको समृद्धि र विकासको लागि जिम्मा लिने सक्षम नागरिक उत्पादन गर्नु आजको आवश्यकता रहेको बताउँदै संस्थागत विद्यालय र सामुदायिक विद्यालयबीचको दुरी कम गरी समन्वयकारी भूमिका निर्वाह गर्न न्यू लाईफ आवासिय माद्यमिक विद्यालयले महत्वपुर्ण भूमिका निर्वाह गरेकोले आगामी दिनमा प्रविधिमैत्री कार्यक्रम ल्याउनु पर्ने उहाँको भनाई थियो ।
प्रतियोगितामा २३ विद्यालयको सहभागिता रहेको थियो ।
हाजिरी जवाफ प्रतियोगितामा न्यू लाईफ आवासिय माद्यमिक विद्यालय प्रथम, प्रगती आधारभुत विद्यालय द्धितीय, गोल्डेन फ्युचर बोर्डिङ स्कुल तृतीय, जनजागृति माद्यमिक विद्यालय र महेन्द्र माद्यमिक विद्यालय सान्त्वना भएका छन् ।
कार्यक्रममा न्यू लाईफ आवासिय माद्यमिक विद्यालयका क्याप्टेन चाहना सापकोटाले पनि मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रम न्यू लाईफ आवासिय माद्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्माको अध्यक्षता, प्रिन्सिपल राम प्रसाद शर्माको स्वागत र शिक्षक सुदिप बास्तोलाको सञ्चालनमा सम्पन्न भएको थियो ।
चोखाल न्यू लाईफ आवासिय माविका पूर्व विद्यार्थी हुन् । उनको विसं २०६६ भाद्र ३१ गते निधन भएको थियो ।




















































































































































































































