९ कार्तिक २०८३, आईतवार

 

वक्तृत्वकला प्रतियोगितामा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलकी प्रमिशा केसी प्रथम

बागलुङ । बागलुङ जेसीजले आयोजना गरेको जेसीज सप्ताह सोमबार सम्पन्न भएको छ ।

रचनात्मक कार्यक्रमसहित सात दिनसम्म संचालन भएको सप्ताह सोमबार विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरी समापन गरिएको हो ।

प्रगति कुमार श्रेष्ठको २४ औँ स्मृति दिवसमा विद्यालय स्तरीय वक्तृत्वकला ‘पहल, नवप्रर्वतन र प्रभाव’ विषयक प्रतियोगितामा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलकी छात्रा प्रमिशा केसी प्रथम र पाङ धैरेनी माविका छात्रा सोनी रिजाल सान्त्वना भएकी थिइन् । पुरस्कृत विद्यार्थीहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले युवा विद्यार्थी भनेको देश विकासको आधार भएकाले सकरात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरे ।

उनले युवाहरुको क्षमता विकास र सामाजिक कार्यमा सक्रिय जेसीजले आम नागरिकलाई पनि सत्कर्ममा लाग्न प्रेरित गरेको बताए । युवालाई नेतृत्व विकासमा पनि जेसीजले साथ दिएको उनको भनाई थियो ।

कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष सौरभ श्रेष्ठ, बागलुङ नगरपालिका-२ का अध्यक्ष सुरज बोसेल, प्रगति कुमार श्रेष्ठ स्मृति कोषका संरक्षक डा. कृष्णबहादुर श्रेष्ठ र विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाले मन्तव्य व्यक्त गरेका थिए ।
बागलुङ जेसीजका अध्यक्ष गणेश महतोको अध्यक्षता, मुल संयोजक एवम् कार्यकारीणी उपाध्यक्ष बलराम कँडेलको स्वागत र कार्यकारीणी उपाध्यक्ष तथा कार्यक्रम संयोजक बिन्द्रा कार्की सोनीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung