८ कार्तिक २०८३, शनिबार

 

विज्ञान दिवसमा वक्तृत्वकला प्रतियोगिता, लहरेपिपल माविकी अनुष्का केसी प्रथम

बागलुङ । लायन्स क्लब अफ बागलुङ प्रोफेसनलद्वारा मंगलबार विज्ञान दिवसको उपलक्ष्यमा अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा आयोजना गरिएको हो ।

विद्यामन्दिर माध्यमिक विद्यालयमा आयोजित विज्ञान र प्रविधि : विकास र समृद्धि विषयक प्रतियोगितामा लहरेपिपल माविकी अनुष्का केसी प्रथम, मालिका माविकी ममता रेग्मी द्धितीय, विद्यामन्दिर माविकी सामना सापकोटा तृतीय र तितौरे माविकी निसा शर्माले सान्त्वना स्थान हासिल गरेका थिए ।

प्रथम हुने विद्यार्थीले दुई हजार र प्रमाणपत्र, द्धितीय हुने विद्यार्थीले १५ सय र प्रमाणपत्र, तृतीय हुने विद्यार्थीले एक हजार र प्रमाणपत्र र सान्त्वना हुने विद्यार्थीले पाँच सय र प्रमाणपत्र प्राप्त गरेका थिए ।

कार्यक्रममा विद्यामन्दिर माविका प्रधानाध्यापक छवि रमण रेग्मी, डिष्ट्रिक कोर्डिनेटर दुर्गा कुँवर र रिजन चियर पर्सन नारायण प्रसाद आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगितामा बागलुङ नगरपालिकाका सामुदयिक विद्यालयहरुबाट १८ जना विद्यार्थीले भाग लिएका थिए ।

क्लबको सदस्य किशोर शर्माले कार्यक्रमको बारेमा सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ प्रोफेसनलका अध्यक्ष वालकृष्ण सापकोटाको अध्यक्षता, प्रथम उपाध्यक्ष दिनेश अधिकारीको स्वागत र सचिव भुमिराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung