४ श्रावण २०८३, सोमबार

 

एकबहादुर केसीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

बागलुङ । एकबहादुर केसीमाथि अनुसन्धान गर्न बागलुङ जिल्ला अदालतले पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

अदालतले केसीलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुनिल शर्मा चिलवालले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

उनका अनुसार विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार पाँच दिनको म्याद थप भएको हो। बागलुङ नगरपालिका-१२ घर भई बानपा -३ बस्ने केसीलाई शुक्रबार दिउँसो प्रहरीले बागलुङ बजारबाट पक्राउ गरेको थियो।

बागलुङ नगरपालिकाका सुवास गैरेको जाहेरीका आधारमा जिल्ला अदालत बागलुङबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले केसीलाई पक्राउ गरि अनुसन्धान कार्य अगाडि बढाएको हो ।

सामाजिक सञ्जाल र एक सञ्चार माध्यममा अराजक र आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो।

सोही उजुरीका आधारमा केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

केसीको अभिव्यक्तिले समाजको सामाजिक सद्भाव र शान्ति सुरक्षामा खलल पुर्याएको भनि प्रहरीले केसीलाई खोजतलास गरि रहेको थियो ।

गत भदौ १८ गते बागलुङ बसपार्कको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung