१७ बैशाख २०८२, बुधबार

 

देवकुमार नेपालीलाई बागलुङ जिल्ला अदालतमा उपस्थित गराइयो

बागलुङ । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङमा पेस गरिएको छ ।

नेपालीलाई काठमाडौंबाट आइतबार बागलुङ ल्याएको हो ।

उहाँलाई म्याद थप गरी आजै बयान लिइने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुनिल शर्मा चिलवालले नयाँ विश्वलाई जानकारी दिनुभयो ।

चिलवालका अनुसार नेपालीलाई सोमबार ११ बजे जिल्ला अदालत बागलुङमा पेश गरिएको हो ।

२०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो ।

नेपाल प्रहरीले भारतस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उहाँलाई नेपाल ल्याइएको थियो ।

सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए ।

नेपाली बागलुङ आएसँगै बचतकर्ताले रकम फिर्ता पाउनेमा आशा पलाएको छ ।

सहकारीका बचतकर्ताको करिब दुई अर्ब बचत रकम हिनामिना गरी २०८० जेठ ५ मा उनी बुर्तिबाङ बजारबाट सपरिवार फरार भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung