९ कार्तिक २०८३, आईतवार

 

धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको अध्यक्षमा पौडेल

बागलुङ । धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको अध्यक्षमा मनोज पौडेल चयन हुनु भएको छ ।

धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङको शनिबार बसेको संचालक समितिको बैठकले पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको प्रतिष्ठानका प्रिन्सिपल गणेश जंग गोदारले नयाँ विश्वलाई बताउनुभयो ।

पौडेलको नेतृत्वमा प्रतिष्ठानले अझ प्रभावकारी ढंगले कार्य गर्ने विश्वास लिएको निवर्तमान अध्यक्ष श्रीप्रसाद शर्मा बताउनुभयो ।

पौडेलसँग नेपाल सरकारको लगानी वोर्डको कार्यालयमा अर्थशास्त्रीको रुपमा कुशलता पूर्वक कार्य गरेको अनुभव रहेको छ ।

विस २०४७ सालमा भरतपुर महानगरपालिका- २ क्षेत्रपुरमा जन्मिएका पौडेलले एसएलसी आइडल मोडेल स्कुल काठमाडौबाट विस २०६२ सालमा गरेका थिए ।

उहाँको पुर्ख्यौली थलो जैमिनी नगरपालिका- १० राङखानीको पाही गाउँ हो । पौडेलले लण्डन स्कुल अफ इकोनमिक्सबाट आर्थिक विकासमा स्नातकोत्तर गर्नु भएको छ ।

उहाँ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा महासंघको लगानी समितिका सभापति पनि हुन् ।

२०६५ सालदेखि सञ्चालनमा आएको प्रतिष्ठानबाट हालसम्म हेल्थ एसिष्टेन्ट तर्फ ४२६, ल्याव टेक्निसियन २१५, स्टाफ नर्स ४७२ जना उत्तिर्ण भएका छन् ।

ती मध्ये चार सय १७ जना उच्च शिक्षामा रहेको रहेको प्रतिष्ठाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung