बागलुङ । नेपाल भाषा मंका: खल:बागलुङको तेह्रौँ साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ ।
शनिबार बागलुङ बजारमा सम्पन्न साधारण सभाको उद्घाटन नेपाल परिवार नियोजन संघका अध्यक्ष हिमालय लाल कसजूले गर्नु भएको थियो ।
साधारण सभामा सचिव सुदिप राजभण्डारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विदेश कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघका अध्यक्ष कसजूल नेवा जाती नेपाल भण्डलबाट देश भरी जादा आफूसँग भाषा, धर्म, संस्कृति, उद्योग, व्यापार, कला, खानपान, जात्रा, नाच, भजनदेखि धेरै पक्षहरु सँगसँगै लगेको बताउनुभयो ।
नेवार समुदायले धेरै शताव्दीदेखि विभिन्न स्थानको राजनैतिक, सांस्कृतिक, आर्थिक, औद्योगीक, सामाजिक, शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । अब सबै एकजुट भएर भाषा, संस्कृति, परम्परा, इतिहासको भैभव जोगाउन लागि पर्नुपर्ने उहाँको भनाई थियो ।
भाषा, कला र संस्कृति पुस्तान्तरणको लागि सबैले विशेष मेहनत र अभियान चलाउनु पर्ने उहाँको सुझाव थियो ।

कार्यक्रममा ज्ञानोदय वुद्ध विहारका अध्यक्ष लिलाम्बर बज्राचार्य, नेवा मिसा दवुका प्रदेश सचिव लक्ष्मी शाक्य, शाक्य कल्याण समाजका अध्यक्ष राजन कुमार शाक्य, निर्वाचन समितिका संयोजक अधिवक्ता उत्तम प्रसाद श्रेष्ठ, नेपाल भाषा मंका: खल: बागलुङका संस्थापक संयोजक प्रेम छोटाले मन्तव्य व्यक्त गरेका थिए ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक अधिवक्ता श्रेष्ठले सपथ गराउनु भएको थियो ।
नवनिर्वाचित अध्यक्ष भारीलाई खलको निर्णय पुस्तिका निर्वतमान अध्यक्ष राजभण्डारीले हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा बागलुङको नेवा सभ्यता, भाषा, कला, संस्कृति, धर्म, परम्परा संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा महत्वपूर्ण योगदान गर्नु भएका नेपाल भाषा मंका: खल:बागलुङका संस्थापक संयोजक प्रेम छोटा, पूर्वअध्यक्ष लालचन्द्र राजभण्डारी, निर्वतमान अध्यक्ष काजि गाउँले श्रेष्ठ, हनुमान नाँच संरक्षण परिषदका अध्यक्ष तिर्थ प्रसाद श्रेष्ठ, राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेश कुमार राजभण्डारी, शंखधर बहुमुखी सहकारीका कार्यवाहक अध्यक्ष सुरेश प्रसाद श्रेष्ठ, शाक्य कल्याण समाजका अध्यक्ष राजन कुमार शाक्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य युवराज राजभण्डारी, नेवा मिसा दवुका अध्यक्ष सोमना शाक्य र नेवा ल्याम्ह पुचका अध्यक्ष जय राजभण्डारीलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको थियो ।
कार्यक्रम नेपाल भाषा मंका: खल: बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता तथा स्वागत, उपाध्यक्ष काजि रोशनको धन्यवाद र सचिव सुदिप राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































