बागलुङ । गृह मन्त्रालयले बागलुङको सहायक प्रमुख जिल्ला अधिकारीमा पुष्प राज पौडेललाई खटाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको गोरखाको जिल्ला प्रशासन कार्यालयमा सरुवा भएसँगै रिक्त बागलुङमा पौडेललाई पठाइएको हो ।
पौडेल यसअघि धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो ।
पोखरा महानगरपालिका २२ को पुम्दीमा जन्मिएका पौडेलले विसं २०५७ सालमा तनहुँको जिल्ला अदालतबाट सरकारी सेवा प्रारम्भ गर्नु भएको हो ।













































































































































































































