बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–३ टारीमा आज साँझ जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
टारीस्थित खेतमा धान लिन गएको लु १ च ६९३८ नम्बरको पिकअप जिप ब्याक गर्ने क्रममा ५०० मिटर तल बडिगाड खोलामा खस्दा ढोरपाटन नगरपालिका–३ पुर्कोट निवासी चालक ३६ वर्षीय किसान विकको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केशव थापाले नयाँ विश्वलाई जानकारी दिनुभयो ।
जिपमा चालक मात्रै सवार थिए । जिप खोलाको बीच भागमा अड्किएको छ ।













































































































































































































