१७ बैशाख २०८२, बुधबार

 

अमेरिकी डलरको भाउ बढ्दा र सुनको घट्दा नेपाललाई कस्तो प्रभाव पर्ला ?

डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी भएसँगै बुधवार एकै दिन डलर इन्डेक्स (डीएक्सवाई) करिब १.९ प्रतिशतले बढेर चार महिनायताकै उच्च १०५.३० पुग्यो। नेपालमा शुक्रवार १ डलरको भाउ १३५.३० रुपैयाँ पुगेको राष्ट्र ब्याङ्कले जनाएको छ ।

अमेरिकी डलरको सामर्थ्य युरो, पाउन्ड र येनसहित छ प्रमुख मुद्रासँग तुलना गर्ने डीएक्सवाईमा त्यस्तो वृद्धि देखिनुको अर्थ अब डलर खरिद गर्न अझ महँगो पर्छ भन्ने हुन्छ।

त्यसैगरी अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्न थालेपछि नेपाली बजारमा पनि बिहीवार एकै दिन प्रति तोला करिब चार हजार रुपैयाँले सुनको भाउ घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

पछिल्लो चरणमा नेपाली बजारमा बहुमूल्य धातु सुन र चाँदीको मूल्यमा एकदमै चर्को उतार चढाव देखिँदैछ।

नेपाल राष्ट्र ब्याङ्कका एकजना डेपुटी गभर्नर बमबहादुर मिश्रले सुनको मूल्यमा हुने त्यस्तो ठूलो अस्थिरता वा तलमाथिले अर्थतन्त्रमै ुहलचल नभइहाल्नेु भए पनि प्रकारान्तरले डलरको मूल्य बढ्दा त्यसको प्रभाव आम जनजीवनमा प्रस्ट देखिने गरी हुने बताउँछन्।

“सुन त हामीले धेरै आयात पनि गर्दैनौँ र यो हाम्रो अत्यावश्यक बस्तु समेत होइन। यसबीचमा सुनको भाउ निकै नै बढ्यो तर त्यसले अर्थतन्त्रमा हलचल भएन,” डेपुटी गभर्नर मिश्रले बीबीसीसँग भने।

“हाम्रो वार्षिक आयात १९-२० अर्ब अमेरिकी डलर पुगिसकेको अवस्था छ। र त्यसको धेरै हिस्सा हामी विदेशी मुद्रामा आयात गर्न खर्च गर्छौँ। त्यसैले डलरको भाउ बढ्दा आयातित सामानकै मूल्य वृद्धि हुन्छ।”

तर एकजना विज्ञले नेपाली मुद्रा भारतीय रुपैयाँ ९भारु०सँग स्थिर विनिमय दरमा कायम रहेकाले डलरको भाउ चर्कँदा त्यसको असरलाई नेपाल‍(भारतबीचको त्यस्तो प्रावधानले केही हदसम्म थेग्नेु बताउँछन्।

“नेपालको भारतसँगको व्यापारको हिस्सा मात्रै करिब दुई(तिहाइ छ, त्यसमा ठूलो असर परिहाल्दैन। मुख्य प्रभाव बाँकी एक तिहाइ आयातमा पर्ने हो,” राष्ट्र ब्याङ्कका एकजना पूर्व डेपुटी गभर्नर कृष्णबहादुर मानन्धर भन्छन्।

“तर डलरको भाउ तलमाथि पर्दा भारतमै मूल्यवृद्धि हुने वा भारतले समेत आयात गरेर नेपाल निर्यात गर्ने सामानका हकमा अप्रत्यक्ष असर त परिहाल्छ।”

त्यस्ता वस्तुमा मुख्य रूपमा नेपालले भारतसँग खरिद गर्ने पेट्रोलियम पदार्थ छ जुन भारतले समेत अधिकांश हिस्सा आयात गर्ने गर्छ।

कारण

अमेरिकामा राष्ट्रपति-निर्वाचित ट्रम्पले गरेका ब्याजदर र करका दरहरू घटाउने बाचाले खास गरी व्यावसायिक क्षेत्रलाई उत्साहित बनाएको जानकारहरू बताउँछन्।

ट्रम्पको जितको सम्भावना बढेदेखि नै पूँजीबजार उकालो लाग्नुलाई त्यसको असरका रूपमा हेरिएको बताइन्छ।

“पूँजीबजार उकालो लाग्ने बित्तिकै डलरमा लगानी आकर्षक मानिने गर्छ। त्यस्तो बेला विश्वभरका लगानीकर्ताहरू अमेरिकी पूँजीबजारमा लगानी गरेर फाइदा कमाउने सम्भावना देखेर पैसा लगानी गर्छन्,” पूर्व डेपुटी गभर्नर कृष्णबहादुर मानन्धर भन्छन्।

“अमेरिकामा लगानीकर्ता ओइरिने अवस्था बनेकाले डलर आकर्षक बनिरहेको हो।”मानन्धरले त्यसबाहेक अमेरिकाको वित्तीय घाटा बढ्न सक्ने सम्भावनालाई लिएर भइरहेका टिप्पणी समेत औँल्याउँछन्।

उनी भन्छन्स् “अहिले ट्रम्पले बाचा गरेका नीतिहरू कार्यान्वयनमा लैजाँदा त्यहाँको वित्तीय घाटा ह्वात्तै बढ्छ। त्यसले महँगी बढाउँछ र अमेरिकी केन्द्रीय ब्याङ्कले बाध्य भएर ब्याजदर बढाउने बाध्यात्मक अवस्था आउँछ। र त्यो अवस्था पनि अमेरिकी डलरका लागि सकारात्मक रूपमा लिइने गरिन्छ।”

उनी डलरको भाउ बढ्ने क्रम कम्तीमा आउँदा केही महिनासम्मै चल्ने देखिएको बताउँछन्।

“ट्रम्पले पद नसम्हाल्दासम्म अपेक्षा उच्च हुने भएकाले ज्यानुअरीसम्मै यो माहोल देखिनेछ। पदभार ग्रहण गरेर नीतिहरू सार्वजनिक गर्दै गएपछि कुराहरू प्रस्ट हुँदै जान्छन्।”

अन्य असर कस्ता ?

डलरको भाउ बढ्दा नेपालले रेमिट्यान्स वा पर्यटनजस्ता स्रोतबाट आम्दानी बढाउने अवसर समेत रहने गर्छ।तर राष्ट्र ब्याङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले त्यसको तुलनामा नेपालको आयात ुनिकै भारीु रहेकाले हाल डलरको भाउ बढ्नु भनेको नेपाललाई घाटा मात्र हुने अवस्था हो।

मेसिन र अन्य निर्माण सामग्री समेत डलर खर्चेर किन्नुपर्ने अवस्था हुने हुँदा ठूलो आर्थिक संरचनामा प्रभाव पर्ने बताइन्छ।“नेपालको अर्थतन्त्र तत्काल बलियो हुने छाँटकाँट देखिन्न। बाह्य बजार आफ्नै लयमा वृद्धि भई नै रहेको हुन्छ। त्यसैले यहाँ वृद्धि मात्र भइरहेको अवस्था देखिने गरेको छ,” मिश्र भन्छन्।

“पछिल्लो झण्डै चार वर्षमा मात्र करिब १४ रुपैयाँले नेपाली रुपैयाँ डलरसँग कमजोर भएको अवस्था ठूलो हो। पछिल्लो तीन दशकमा नेपालमा तीन गुणाले डलरको भाउ बढेको छ।”

तर पनि भारतसँगको स्थिर विनिमयले गर्दा यहाँको बजार ह्वात्त बढिहाल्न नसकेको उनी बताउँछन्।“मुद्दती बचतको ब्याजदर १० प्रतिशत पुग्दा समेत डलरको भाउ त्यसरी बढेको होइन।

एक वर्षमा छ प्रतिशतजतिले मात्र बढ्यो। भारतले थेगिदिएका कारण हाम्रो अर्थतन्त्रमा डलर वृद्धिको सिधा असर परिहाल्दैन। त्यो हाम्रा लागि लाभको विषय हो,” डेपुटी गभर्नर मिश्र भन्छन्।

“नेपालले राष्ट्रका रूपमा लिएका ऋणको साँवा-ब्याज समेत डलरमै तिर्नुपर्छ। हाम्रो निर्यात निकै कम भएकाले त्यताबाट फाइदा लिने अवसर कम छ।”

पछिल्लो समय विदेश अध्ययन गर्न र घुम्न जाने नेपालीहरूमार्फत समेत ठूलो परिमाणमा अमेरिकी डलर बाहिरिने गरेकाले त्यताबाट पनि नेपालको अर्थतन्त्रलाई असर पर्ने अधिकारीहरू बताउँछन्।पछिल्ला वर्षमा डलरमा हुने त्यस्तो खर्च वार्षिक एक खर्ब रुपैयाँ भन्दा बढी रहेको बताइन्छ।

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung