१८ कार्तिक २०८३, मंगलवार

 

व्यवसायी गौतमद्वारा जन्म दिनको खर्च मानव सेवा आश्रमलाई

बागलुङ । सृष्टि फर्निचरका सञ्चालक तथा बागलुङ उद्योग वाणिज्य संघका महासचिव ऋषिराम गौतमले आफनो जन्म दिनको खर्च मानव सेवा आश्रमलाई दिएका छन् ।

मंगलबार गौतमले बागलुङ नगरपालिका-३ किनारा टोलस्थित आश्रमका लक्ष्मी नारायणहरुलाई न्यानो कपडा सहयोग गर्नु भएको हो ।

ऋषिराम गौतम र श्रीमती सरिता गौतमले ७८ हजार बराबरको न्यानो कपडा आश्रमकी सञ्चालिका विपना तामाङलाई हस्तान्तरण गरेका हुन । जन्म दिनको उपलक्ष्यमा गौतम परिवारले आठ हजार पाँच सय रुपैयाँको भोजन पनि सहयोग गर्नु भएको छ ।

हामीले हेर्नु पर्ने सडक आश्रित नागरिकलाई उद्धार गरी आश्रमले जिम्मेवारी लिएर पालन पोषण गरिरहेको छ, यस्तो पवित्र ठाउँमा आएर जन्म दिन मनाउन पाउदा आफूलाई ज्यादै खुशी लागेको महासचिव गौतमले बताउनुभयो ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्य, मानव सेवा आश्रमकी अभिभावक लक्ष्मी बाँस्कोटाले पनि मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा छोरी सृष्टि गौतम र छोरा सृजित गौतमको पनि उपस्थित रहेको थियो ।

कार्यक्रमको सञ्चालन मानव सेवा आश्रम बागलुङकी अभिभावक सरिता गौतमले गरेकी थिइन ।

आश्रममा ६३ जना लक्ष्मी नारायण तथा बालगोपालहरू छन् ।आश्रमलाई गौतम परिवारले नियमित सहयोग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung