१५ बैशाख २०८२, सोमबार

 

बागलुङ समाज बेल्जियमद्वारा बागलुङ नगरपालिकाका मेयर श्रेष्ठलाई स्वागत

लण्डन। बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङलाई नमुना नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। बागलुङ समाज बेल्जियमद्वारा आइतवार लुभेनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर श्रेष्ठले आफ्नो योजनाबारे जानकारी गराउनुभयो।

“इच्छाशक्ति भए नमुना नगरपालिका बनाउन सकिन्छ। म दृढ संकल्पसहित अघि बढिरहेको छु। तपाईंहरूले सहयोग गर्नुभयो भने बागलुङलाई नमुना नगरपालिका बनाउन सकिन्छ,” मेयर श्रेष्ठले भन्नुभयो । उनले प्रचारभन्दा काम गरेर देखाउने प्रतिवद्धता जनाएका छन्।

कार्यक्रममा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीलाई विशेष विदाई गरिएको थियो। राजदूत राजभण्डारीले आफ्नो सम्बोधनमा आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण बेल्जियमस्थित नेपाली समुदायलाई धन्यवाद दिनु भएको थियो।

गैरआवासीय नेपाली संघ ९एनआरएन० बेल्जियमकी महासचिव रुविना शर्माले विदेशमा हुर्किँदै गरेको नयाँ पुस्तालाई नेपालसँग जोड्न भाषा र कला संस्कृतिको महत्व औँल्याउनु भयो।

कार्यक्रममा व्यवसायी संघका अध्यक्ष चिरन खवास, समाजका निवर्तमान अध्यक्ष गंगा शर्मा शेर्पा, किदुक अध्यक्ष पीडी शेर्पा, संघीय समाजका अध्यक्ष नेत्र मगर, प्रवासी नेपाली मञ्चका अध्यक्ष विनोद न्यौपाने, जनसम्पर्क समितिका अध्यक्ष सुवाश गुरुड, पत्रकार दिल निशानी मगर, एनआरएन बेल्जियमका पूर्वअध्यक्ष खडक केसी, जनप्रगतिशील मञ्च युरोपका अध्यक्ष चित्र सुवेदी, विश्व मगर महासंघका अध्यक्ष लोक राना, तथा समाजका संरक्षक गंगाधर गौतमले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र अधिकृत दिनेश जिसीको पनि उपस्थिति रहेको थियो। कार्यक्रम बागलुङ समाज बेल्जियमका अध्यक्ष महेन्द्र पन्तको अध्यक्षता र महासचिव प्रभात पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

नेपाल विट्रेनबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung