बागलुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा समाजसेवी दिल विकास राजभण्डारीलाई अन्तराष्ट्रिय शान्ति मञ्चले सम्मानस्वरूप मानार्थ विद्यावारिधि (डाक्टर)को उपाधि प्रदान गरेको छ ।
उपाध्यक्ष राजभण्डारीलाई शुक्रबार काठमाडौंको रसियन कल्चार सेन्टरमा भारतको अन्तराष्ट्रिय शान्ति मञ्चले पर्यटन क्षेत्र मार्फत देश र जनताको अतुलनिय योगदान गर्नु भएकोले अन्तराष्ट्रिय गौरव अभिमान पुरस्कार अन्तर्गत डाक्टर अफ द गोल्डेन हल्टको उपाधि प्रदान गरेको राप्रपाका केन्द्रीय सदस्य देवी प्रसाद कँडेलले जानकारी दिनु भयो ।
राजभण्डारीले विगत चार दशकदेखि पर्यटन क्षेत्रमा योगदान दिनुका साथै राजनीतिक र समाजसेवा मार्फत नागरिकको सेवा, राष्ट्र, राष्ट्रियता, हिन्दु धर्म, सनातन संस्कृतिको रक्षा र विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनु भएको छ
।यो सम्मानले आफूलाई देशको रक्षा र हिन्दु राष्ट्र स्थापनाको लागि थप जिम्मेवारी प्रदान गरेको राप्रपाका उपाध्यक्ष तथा समाजसेवी दिल विकास राजभण्डारीले नयाँ विश्वलाई बताउनु भयो ।
राजभण्डारीलाई उक्त सम्मान प्रथम उपराष्ट्रपति परमानन्द झा, प्रतिनिधि सभाको उपसभामुख इन्दिरा राना, उर्जामन्त्री दिपक खड्का, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा प्रदान गरेको हो ।
अन्तराष्ट्रिय शान्ति मञ्च नेपाल भारतबिच सुमुधुर भाइचारको संम्बन्ध स्थापना गरी विश्वमा शान्तिको प्रकाश फैलाउने र दुई देशका नागरिकहरुबिच मैत्रीपूर्ण मानविय र सांस्कृतिक संम्बन्धलाई प्रगाढ बनाउन स्थापना गरिएको संस्था हो ।



















































































































































































































