बागलुङ गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले मानव सेवा आश्रम बागलुङ शाखाको निरीक्षण गर्नुभएको छ ।
मानव सेवा आश्रमको आठौँ शाखाको रुपमा स्थापना भएको अहिले ६३ जना आश्रित रहेका थिए । उनिहरुको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री पाठक आश्रम अवलोकनमा पुग्नुभएको थियो ।
उहाँले आश्रममा रहेकाको नियमित स्वास्थ्य परिक्षण आश्रम अन्तर्गतको अस्पतालमा गर्ने व्यवस्था मिलाउने बताउनुभएको छ ।
आश्रममा ४७ जनाले नियमित औषधी सेवन गरिरहनुभएको, नयाँ भवन सम्पन्न नहुँदै असहज भएको जस्ता विषयमा जानकारी लिनुभएको थियो ।
स्वास्थ्यमन्त्री पाठकले महिनाको एक पटक धौलागिरि अस्पताल र बेनी जिल्ला अस्पतालबाट निशुल्क स्वास्थ्य परिक्षण गराउन सम्बन्धीतलाई निर्देशन दिनुभएको थियो ।
मन्त्री पाठकले आश्रमको अभिभावको रुपमा स्वास्थ्य मन्त्रालयले उपचारका लागि सहयोग पु¥याउने बताउनुभयो ।
मानव सेवा आश्रयमा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको आश्रमले जनाएको छ ।



















































































































































































































