बागलुङ । लायन्स क्लब इन्टरनेसल डिष्ट्रिक ३२५ के नेपाल अन्तर्गत कलष्टर नं १० रिजन २१ जोन ४३ को दोस्रो जोन मिटिङ सम्पन्न भएको छ ।
सोमबार बागलुङ बजारमा लायन्स क्लब अफ बागलुङ सिटीको आयोजनामा मिटिङ सम्पन्न भएको थियो ।
कार्यक्रममा डिष्ट्रिक इ्न्टरनेसनल रिलेसन चिफ काजिमान गुरुङ, डिष्ट्रिक कोडिनेटर चिफ दुर्गा कुँवर, डिपार्टमेन्ट को चिफ अनुप रिजाल, कलष्टर चिफ केशव प्रसाद सापकोटा र जोन चियर पर्सन नारायण प्रसाद आचार्यले मन्तव्य व्यक्त गर्नु भएको थियो र लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष गणेश महतो, लायन्स क्लब अफ बागलुङ सिटीकी अध्यक्ष दुर्गा श्रीस, लायन्स क्लब अफ बागलुङ ब्लुसिपका अध्यक्ष रेशम आले, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका अध्यक्ष रन्जिता श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ धौलागिरि बागलुङका तृतीय उपाध्यक्ष मनोज श्रेष्ठ, लायन्स क्लब अफ बागलुङ सिटीकी सचिव संन्ध्या राजभण्डारी, लायन्स क्लब अफ बागलुङ ब्लुसिपका अध्यक्ष रेशम आले, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी सचिव सृजना श्रेष्ठले क्लबले गरेका गतिविधि प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम जोन चियर पर्सन जुनु श्रेष्ठको अध्यक्षता तथा स्वागतमा सम्पन्न भएको थियो ।



























































































































































































































