बागलुङ । बागलुङ नगरपालिका-९ तित्याङलाई आज एक समारोहकाबीच बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ ।
बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने अभियान वडा धोषणा कार्यक्रमलाई अन्तिम चरणमा पु¥याइएको छ ।
नगरपालिकाको बालमैत्री घोषणा अनुरुप बानपा-९ तित्याङलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । बालमैत्री वडा घोषणा प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा पूर्वपर्यटन मन्त्री दिपेन्द्र बहादुर थापाले गर्नुभएको थियो ।
बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दिपेन्द्रबहादुर थापाले बालमैत्री स्थानीय शासन घोषणले सामाजिक विकासलाई टेवा पु¥याउने बताउनुभएको छ ।
घोषणालाई कार्यान्व्यनमा लैजानका लागि सवैको सहकार्य आवश्यक रहेको बताउदै भौतिक विकासँंगै सामाजिक विकास अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्का, नेकपा एमालेका जिल्ला सचिव गणेश थापा, जिल्ला समन्व्य समितिका सदस्य हरिकला पौडेल, बानपा ६ का वडा अध्यक्ष रुद्रबहादुर केसी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका उपसभापति सिता शर्मा, सिवाइसी नेपालका उपाध्यक्ष लक्ष्मण खड्काले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यसैगरि तित्याङ माविका प्रधानाध्यापक कुमारप्रसाद उपाध्याय, तित्याङ स्वास्थ्य चौकीका प्रमुख नारायणप्रसाद पौडेल, स्थानीय बाल संजालका अध्यक्ष निश्चल थापा र तित्याङ माविका विद्यार्थी कवुल थापाले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको प्रतिवेदन वडा सदस्य राजु खड्काले प्रस्तुत गर्नुभएको थियो ।
घोषणा पूर्व स्थानीयवासी, जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, अभिभावक लगाएतको सहभागितामा भजन किर्तन, पञ्चेवाजा, झाँकी सहितको ¥याली प्रदर्शन गरिएको थियो ।
कार्यक्रम बागलुङ नगरपालिका ९ का वडा अध्यक्ष राजु थापाको अध्यक्षता, वडा सदस्य राजु खड्काको स्वागत तथा टिका थापा र इन्द्रा खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसअघि बानपाको वडा नम्वर ४, १३, १४, ११, १, २, ५,६, ७ र ३ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको थियो । अव ८, १० र १२ नम्वर वडालाई घोषणा गर्न बाँकी रहेको र घोषणाको समय पनि तोकिएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।



















































































































































































































