बागलुङ । बागलुङको बौद्विक अपांग भएका बालबालिकालाई शिक्षा दिने उदेश्यका साथ स्थापना भएको राष्ट्रिय सुस्त मनस्थिति कल्याण संस्था बागलुङ शाखाको २६ औँ जिल्ला सभा एवं नवौँ अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनको बाग्लुङ नगरपालिका ४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष क्षेत्रीले बौद्धिक अपाङ्गता समाजकै अङ्ग भएकोले यिनीहरूलाई जीवनपयोगी शिक्षा र व्यवसायिक मूलक शिक्षा प्रदान गर्नुपर्ने बताए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङका उपसभापति राजेन्द्र आचार्य , नेपाल परिवार नियोजन संघका केन्द्रीय कोषाध्यक्ष निर्माण कुमार श्रेष्ठ, समाजसेवी महेन्द्र आचार्य, सुस्त मनस्थिति कल्याण संस्थाका केन्द्रीय सचिव अगम कुमार पालिखे लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा निर्वाचन सम्बन्धी जानकारी अधिवक्ता गोविन्द प्रसाद ओझाले गराउनुभएको थियो। साधारण सभामा प्रगति प्रतिवेदन सचिव निरज शाक्य आर्थिक प्रतिवेदन कोषाध्यक्ष पिङ्गला जिसीले प्रस्तुत गर्नुभएको थियो ।
विद्यालयलाई सहयोग पुर्याउने लायन्स क्लब धौलागिरि बागलुङ, बागलुङ समाज कल्याण केन्द्र काठमाडौं, महिला समूह, लायन्स क्लब पिस टाउन ,ओशो निरञ्जन ध्यान केन्द्र बागलुङ लगायतका संघसंस्थालाई कदरपत्रबाट सम्मान गरिएको थियो।
कार्यक्रम मनमाया श्रेष्ठको अध्यक्षतामा र सञ्चालन युक्तजंङ्ग राजभण्डारीले गर्नुभएको थियो। कार्यक्रममा धौलागिरि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत जीवन राम जोशी जोशीले रु १० हजार सहयोग प्रदान गर्नुभएको थियो। कार्यक्रममा पूर्वसभापति समाजसेवी श्याम श्रेष्ठलाई सम्मान गरिएको थियो।
संस्थाको अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ।
सभापतिमा विद्यादेवी खड्का, उपसभापतिमा हिराबहादुर केसी, सचिवमा युक्त जंग राजभण्डारी, कोषाध्यक्षमा पिङ्गला जिसी, सहसचिवमा नारायण केसी र सदस्यहरूमा नारायण देवी राजराजभण्डारी, रघुराम भारी सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता गोविन्द प्रसाद ओझाले जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्व सभापति एवं समाजसेवी श्याम श्याम श्रेष्ठ ओझालाई सम्मान गरिएको थियो।




















































































































































































































