१५ बैशाख २०८२, सोमबार

 

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन

काठमाडौँ । सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएपछि सर्वोच्चमा दर्ता गराएको निवेदनमा सोमबार यस्तो आदेश गरेको हो ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले थापाको हकमा उच्च अदालतबाट भएको आदेश झिकाउने आदेश भएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उहाँले थापा गृहमन्त्री हुँदा बिचौलियाको कार्य गरेको भनी जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर हुनुअघि नै उहाँ फरार भएपछि फरार नै देखाएर मुद्दा दायर गरेपछि थापा २०८१ असार १४ गते पक्राउ परेका थियो । त्यसपछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

थापा त्यसपछि उच्च हुँदै २०८१ पुस २१ गते सर्वोच्च पुगेर आफू धरौटीमा रिहा हुनुपर्ने माग गर्नु भएको थियो ।

काठमाडौँ जिल्ला अदालतको भदौ २ गते उहाँलाई थुनामा पठाएको थियो भने पुस १ गते उच्च अदालत पाटनले उक्त आदेश सदर गरेको थियो ।

बादल गृहमन्त्री भएका बेला केही समय स्वकीय सचिव बनेका थापा विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung