बागलुङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बागगलुङको १५ औँ जिल्ला अधिवेशन शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर केसीले उद्घाटन गर्नुभएको अधिवेशनले दलबहादुर थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
थापा दोस्रो कार्यकालको लागि अध्यक्ष बन्नुभएको हो । अधिवेशनबाट उपाध्यक्षमा कुमार गुरुङ, कृष्ण अधिकारी, सचिवमा श्यामप्रसाद शर्मा, कोषाध्यक्ष भुपाल चालिसे चयन हुनु भएका छन् ।
साथै सदस्यहरुमा दिपक कुँवर, वीरबहादुर बोहरा, भगवान केसी, कल्पना शर्मा रहेका छन् ।
कार्यक्रममा पालिका फोकल पर्सन पुरन पाण्डे, प्याब्सन बागलुङ नगर समितिका अध्यक्ष कृष्ण अधिकारी, जिल्ला शिक्षा समन्वय कार्यालय बागलुङका प्राविधिक सहायक प्रकाश शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष रामबहादुर थापा, एनप्याब्सन बागलुङका अध्यक्ष नेत्र लाल न्यौपाने, पूर्वअध्यक्ष रवी पौडेल, रामप्रसाद शर्मा, पूर्वकेन्द्रीय सदस्य विजय राज पन्त, केन्द्रीय सदस्य नवराज श्रेष्ठ र प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर केसीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा दिर्घ सेवा गर्नु हुने २१ जना शिक्षकहरुलाई सम्मान गरिएको थियो साथै २०८० को एसइइ र एसएलसीमा उत्कृष्ठ नतिजा ल्याउने चार जना छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० बागलुङका अध्यक्ष दलबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष कुमार गुरुङको स्वागत र सचिव कृष्ण प्रसाद कँडेलको सञ्चालनमा सपन्न भएको थियो ।



















































































































































































































