बागलुङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरण राज पौडेलले अवको शिक्षा भनेको व्यवहारिक शिक्षा हुनुपर्नेमा जोड दिनु भएको छ ।
नेपाल शिक्षक संघ बागलुङ नगरपालिकाको शनिबार बागलुङको नारायणस्थानमा आयोजित पाचौँ स्थानीय प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रममा बोल्दै पौडेलले अब व्यवहारीक शिक्षाको खाँचो रहको बताउनुभयो ।
उनले २०२८ सालमा बनेको शिक्षा नीतिलाई परिवर्तन गरेर शैद्धान्तिक भन्दा पनि व्यवहारिकमा जोड दिनुपर्ने बताउनुभयो ।
‘नेपालमा उचित किसिमको शिक्षा नीति बन्न सकेको छैन, पुरानो शिक्षा नीतिलाई परिवर्तन गर्न जरुरी छ, पौडेलले भने,— ‘हाम्रा बालबालिकालाई प्रविधिको विकाससँगै व्यवहारीक शिक्षा पनि आवश्यक रहेको छ । यसमा सरोकारवाला निकायले जोड्न जरुरी रहेको छ । शिक्षा ऐन बन्ने अवस्थामा रहेको हुँदा यसमा केही परिवर्तन पनि ल्याउन जरुरी रहेको उहाँको भनाई थियो ।
पौैडेलले नेपाली काँग्रेस शिक्षकको हकहितका पक्षमा रहेको बताउनुभयो । उहाँले शिक्षकहरु समाज सुधारको पहिलो आधार भएका कारण उनीहरुको राज्यले उचित सम्मान गर्न जरुरी रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य डिल्ली राम सुवेदी, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेल, शिक्षक संघका पूर्वअध्यक्ष एवं बागलुङ नगरपालिका-१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, बागलुङ नगरपालिका-११ का वडा अध्यक्ष ज्ञानेन्द गौतम, नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङका सदस्य नारायण श्रेष्ठ, नेपाल ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष र्इश्वर ठाकुर पौडेल, महाधिवेशन प्रतिनिधि विष्णु पौडेल, नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष नन्द कुमारी ठकुरी, सचिव लक्ष्मीकान्त पौडेल राजेन्द्र, सचिव अर्थ कुलबहादुर घर्ति निवृत्त शिक्षक हरि लामिछाने, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका सदस्य मुक्तिराम पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सेवा निवृत्त जेष्ठ शिक्षक चुडामणी शर्मा, नवनियुक्त प्रधानध्यापकहरु, नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजाल, दुर्गा आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, गणेश माध्यामिक विद्यालय लगायत बढुवा भएका शिक्षकहरुलाई सम्मान गरिएको नेपाल शिक्षक संघ बागलुङ नगरपालिकाका सूचना अधिकारी छायादत्त चापागाईले जानकारी दिए ।
कार्यक्रम नेपाल शिक्षक संघ बागलुङ नगरपालिकाका कार्यवहाक अध्यक्ष घनश्याम रिजालको अध्यक्षता, उपाध्यक्ष अम्बिका गिरीको स्वागत र सचिव लोकबहादुर खड्काको संचालनमा सम्पन्न भएको थियो ।
पिपुल्सखबरबाट



















































































































































































































