बागलुङ । बागलुङ नगरपालिका-४ ओडारचौर निवासी कौशिला गोतामे र नन्दकली गोतामेले बागलुङ नगरपालिका-३ किनारा टोलमा रहेको मानव सेवा आश्रमका आश्रितहरुलाई भोजन सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार गोतामे परिवारले श्रीमान लिलाधर गोतामेको वार्षिक पुण्यतिथिमा १५ हजार एक सय ५५ रुपैयाँको भोजन सहयोग गर्नु भएको बागलुङ नगरपालिका-११ का वडा सचिव ऋषिराम गोतामेले नयाँ विश्वलाई जानकारी दिनु भयो ।
यस अभियानमा छोरी,ज्वाई विष्णु गोतामे कँडेल, सुवाश कँडेल र छोराहरु मेघ राज गोतामे र ऋषिराम गोतामेको साथ रहेको मानव सेवा आश्रमले जनाएको छ ।
अहिले ६२ जनाले आश्रममा आश्रय लिएर बसेका छन् । बागलुङ नगरपालिका ४ निरेघाटमा सरकारी, समाजसेवी तथा चन्दादाताहरुको सहयोगमा मानव सेवा आश्रमको आधुनिक भवन निर्माण हुँदै छ ।




















































































































































































































