बागलुङ । सामुदायिक विद्यालय सुधारमा हामी सबैको ऐक्यबद्धता, समान शिक्षा प्रणाली देशको आवश्यकता’ भन्ने मुल नारासाथ सदाशिव प्राथमिक विद्यालय बागलुङ नगरपालिका-६ भान्सा बागलुङको ३३ औ वार्षिकोत्सव विविध कार्यक्रमका साथ शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रदेशका सांसद दिपेन्द्र थापा, बागलुङ नगरपालिकाका शिक्षा शाखा प्रमुख धन प्रसाद पोखरेल, बानपा-६ का वडा अध्यक्ष रुद्रबहादुर केसी, पञ्चकोट विकास परिषदका महासचिव माधव प्रसाद आचार्य, नेपाली कांग्रेस जिल्ला सदस्य महेन्द्र आचार्य, वडा सदस्य सन्जिता सापकोटा, विद्यालयका सल्लाहकार गोविन्द आचार्यले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा अक्षय कोष स्थापना गर्ने चार जना चन्दादाताहरु देवी प्रसाद आचार्य, हरि कला सापकोटा, देवी प्रसाद सापकोटा र नन्द कलि सापकोटालाई सम्मान गरिएको थियो ।
वार्षिकोत्सवमा विद्यार्थीले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको अध्यक्षता, शिक्षक पार्वती ढकालको स्वागत तथा विद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।



















































































































































































































