बागलुङ । नेपाल निजामती कर्मचारी संगठन बागलुङको १२ औँ अधिवेशनले मनोज कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
बुधबार बागलुङ बजारमा सम्पन्न अधिवेशनले कार्कीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राधिका थापा मगर र राजु खत्री, सचिवमा तुलसिराम कँडेल, कोषाध्यक्षमा नकुल शर्मा र सह–सचिवमा कसिन्द्र शाही चयन हुनु भएको छ ।
यस्तै सदस्यहरुमा मिलन थापा मगर, मेघराज रिजाल, यादव दत्त रेग्मी, उषा सुवेदी गौतम, टिका देवी रिजाल, मोनिका रुचाल, तुल्सी रेग्मी, मानसिंह पुन, सुरेन्द्र प्रसाद पाध्याय, शुयष सापकोटा, ऋषिराम गोतमे, रामबहादुर थापा र रोशन पन्थी चयन हुनुभएको छ । साथै अधिवेशनले लेखा परीक्षण आयोगको संयोजकमा शोभा केसी, सदस्यहरुमा कमल अधिकारी र टेकनारायण रिजाललाई चयन गरेको छ ।

त्यस्तै केन्द्रिय प्रतिनिधिमा श्याम कुमार थापा, रामप्रसाद उपाध्याय, सरस्वती देवी रेग्मी, थम्मनबहादुर रेश्मी, कृष्ण प्रसाद आचार्य, प्रदेश प्रतिनिधिमा श्याम कुमार थापा मगर, खिमबहादुर बिक, प्रकाश शर्मा, जुद्धबहादुर पराजुली, खिम कुमारी राना र देवी कुमारी शर्मा चयन हुनुभएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक, जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, नेकपा एमाले जिल्ला कमिटी बागलुका अध्यक्ष हिराबहादुर केसी, निजामती कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्य भरत भुषाल, जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल, जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम, धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख सह प्राध्यापक डा सुर्दशन सिलवाल, निजामती कर्मचारी युनियन बागलुङका अध्यक्ष देव प्रकाश घिमिरे, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका अध्यक्ष गंगा कुमारी शर्माले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन बागलुङले प्रकाशन गरेको नेगो स्मारिका स्वास्थ्य मन्त्री पाठकले विमोचन गरिएको छ । अधिवेशनमा सचिव मनोज कार्कीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन बागलुङका अध्यक्ष श्याम थापाको अध्यक्षता, केन्द्रिय प्रतिनिधि सरस्वती शर्मा रेग्मीको स्वागत र सचिव मनोज कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।















































































































































































































