१८ कार्तिक २०८३, मंगलवार

 

प्रेस सेन्टरको पाँचौँ महाधिवेशन चैत १६-१७ गते काठमाडौंमा हुने

काठमाडौँ । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी चैत १६ र १७ गते काठमाडौँमा हुने भएको छ ।

सङ्गठनको २१ ओं स्थापना दिवसको अवसरमा राजधानीमा आयोजना गरिएको केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकले महाधिवेशन गर्ने निर्णय गरेको महासचिव सन्तोष पौडेलले जानकारी दिनुभयो ।

ठकले महाधिवेशन सम्पन्न गर्न सचिवालय मूल व्यवस्थापन समिति, प्रतिवेदन लेखन समिति, निर्वाचन समिति, अध्यक्ष मण्डल, प्रचार तथा प्रकाशन समिति, आर्थिक व्यवस्था समिति, सदस्य तथा प्रतिनिधि अभिलेखीकरण तथा अनुगमन समिति, अतिथि सत्कार समितिलगायतका विभिन्न उपसमितिहरू निर्माण गरिएको छ ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख अग्नि सापकोटाको प्रमुख उपस्थितिमा सम्पन्न बैठकमा केन्द्रीय अध्यक्ष विष्णु सापकोटाले प्रस्तुत गरेको प्रस्ताव र एजेन्डाहरूमाथि बैठकमा सहभागी अधिकांश सदस्यहरूले धारणा राखेपछि सर्वसम्मत पारित भएको थियो ।

बैठकले समसामयिक विषयमा १५ बुँदे काठमाडौँ घोषणा पत्र पनि जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung