९ कार्तिक २०८३, आईतवार

 

अन्तर विद्यालयस्तरीय कबड्डी प्रतियोगितामा सिद्धार्थ शिक्षा प्रथम, चिल्ड्रेन लाईफ द्धितीय

बागलुङ। बागलुङ नगरपालिका-१ रामरेखास्थित सिद्धार्थ शिक्षा सदन बागलुङले अन्तरविद्यालय स्तरीय कबड्डी प्रतियोगिताको उपाधि जितेको छ ।

विद्यालयको १६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेलमा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुललाई पराजित गर्दै सिद्धार्थले उपाधि जितेको हो ।

विजेता सिद्धार्थले नगद १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्योभने उपविजेता चिल्ड्रेन लाईफले नगद ७ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।

विजेता सिद्धार्थ शिक्षा सदन र उपविजेता चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई सिद्धार्थ शिक्षा सदनका प्रिन्सिपल भोजेन्द्र थापा र चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गर्नु भएको थियो ।

बिहीबारबाट सुरु भएको प्रतियोगितामा १२ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung