बागलुङ । नेकपा (माओवादी केन्द्र) का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गर्न सेक शिक्षाका गुणस्तर वृद्धि हुँने बताउनुभयो ।
पूर्वशिक्षामन्त्री पौडेलले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगर्ने हो भने शिक्षक पेशाप्रति आकर्षण बढ्ने बताउनुभयो ।
उहाँले आफू शिक्षामन्त्री हुँदा सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालयले ५५ बुँदे योजना बनाएर काम थालेको स्मरण गर्नुभएको छ ।
आज बागलुङ नगरपालिका–४ ओडारचौरस्थित श्री देउराली प्राथमिक विद्यालयको नवनिर्मित चारकोठो भवन उद्घाटनपछि बोल्दै नेता पौडेलले सङ्घीय शिक्षा ऐन ल्याउनुपर्ने बताउनुभयो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत रु ५० लाखमा निर्माण भएको चारकोठे भवनले पठनपाठनमा सहजता ल्याउने उहाँको भनाई छ । बागलुङ जिल्लाको शैक्षिक पूर्वाधारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले ठूलो राहत पु¥याएको उहाँको भनाई छ ।

नेता पौडेलले सबै विद्यालयमा ईन्टरेट सुविधा, प्रविधिमैत्री विद्यालय गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षकको शिक्षण सिकाई क्रिर्याकलापमा राज्यले प्रोहोत्साहन गर्नुपर्ने बताउनुभयो ।
“शिक्षक साथीहरु निराश हुन जरुरी छैन, निजामती सरह सुविधा बनाउन सके झनै राम्रो हुन्छ, विद्यार्थी संख्या भन्दा अब गुणस्तरमा ध्यान दिउ” पौडेलले भन्नुभयो “पूर्वाधारमा जिल्लाका शैक्षिक संस्था अब्बल भइसके, गुणस्तरलाई पहिलो प्राथमिकतामा राखौं ।”
शिक्षकको पेशागत सुधार गर्न सके गुणस्तरीय शिक्षामा सहयोग गर्ने बताउदै संख्याको आधारमा नभई गुणस्तरको आधारमा विद्यालयको मुल्याङ्कन गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्का, बानपा-४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, पूर्ववडा अध्यक्ष ध्रुव केसी, बागलुङ नगरपालिका शिक्षा शाखा अधिकृत पुरनबहादुर घर्ती, नेपाल पत्रकार महासंघका सचिव नारायण रिजाल र पूर्वप्रधानाध्यापक रामबहादुर केसीले मंतव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा निवृत पूर्वप्रधानाध्यापक रामबहादुर केसी लगाएत विद्यालयलाई आर्थिक, भौतिक रुपमा सहयोग गर्ने सहयोगदातालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मी आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमारी शर्माको अध्यक्षता, शिक्षक उमाकान्त शर्माको स्वागत र स्थानियवासी एव उपप्राध्यापक प्रकाश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।






















































































































































































































