बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको ३२औँ साधारण सभा तथा अधिवेशन हुने भएको छ । साधारण सभा तथा अधिवेशन फागुण १७ गते काठमाडौंको जमलस्थित होटल ऐल्लो प्यागोडामा विहान ९ बजे हुने भएको छ ।
साधारण सभा तथा अधिवेशनको बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले तयारी तीव्र पारेको छ । २०८१ फागुण २ गते बसेको बैठकले साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको थियो ।
साधारण सभा तथा अधिवेशनको तयारी सबै पुरा भएको र यो कार्यक्रमले समाजको हितमा र नयाँ सक्षम नेतृत्व चयन गर्न महत्वपूर्ण कोसे ढुंगा हुने बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले नयाँ विश्वलाई बताइन् ।
साधारण सभाको कार्यक्रमको तयारीको लागि समाजले पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारी समेत प्रदान गरेको समाजका सचिव किस्मत मणि श्रेष्ठले बताउनुभयो।
बागलुङ जन्मघर भइ काठमाडौंमा बसोबास, जागिर तथा व्यवसायी गर्दै आएका बागलुङेहरुले समाजका सदस्यहरुको भलाईको लागि भनेर डा. रामकुमार श्रेष्ठ अध्यक्षतामा विसं २०३९ समाजको स्थापना गरिएको थियो ।
संस्थाले शैक्षिक, सामाजिक, सांस्कृतिक, धार्मिक एवम् स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।



















































































































































































































