बागलुङ । सार्थक प्रकाशन बागलुङको आयोजनामा साहित्य गोष्ठी विहीबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी प्रयास, साहित्यकार काजि रोशन, कविहरु गुणराज पौडेल, तारा प्रसाद शर्मा, मधु पौडेल, रामचन्द्र शर्मा, ख्यामराज सुवेदी, युक्त प्रसाद सुवेदी, शकुन्तला शर्मा, मन केसी, युक्त जंग राजभण्डारी र विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माले रचना पाठ गरेका थिए । साथै गायक विमल श्रीसले गीत प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद निउरे र गिता शर्माले मन्तव्य व्यक्त गरेका थिए ।
मासिक पहिलो श्रृङखला अन्तर्गतको पहिलो प्रतिभाको रुपमा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी प्रयासको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कवि गुणराज पौडेलले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी प्रयासको साहित्यीक व्यक्तित्वमा माथि चर्चा गर्नु भएको थियो ।
कार्यक्रम सार्थक प्रकाशन बागलुङका अध्यक्ष युक्त प्रसाद सुवेदीको अध्यक्षता, उपाध्यक्ष शकुन्तला शर्माको स्वागत र सचिव युक्त जंग राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।














































































































































































































