बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको ३२औँ साधारण सभा तथा अधिवेशनले डा. स्वंय प्रकाश श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।
शनिबार सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेको हो । समितिको उपाध्यक्षमा किस्मत मणि श्रेष्ठ, सचिवमा दिपकचन्द्र प्रधान, सहसचिव बसन्त किशोर श्रेष्ठ र कोषाध्यक्ष जिद्धिराज श्रेष्ठ रहेका छन् ।
साथै सदस्यहरुमा सम्पूर्ण नारायण भारी, सुनिल सन शाक्य, निर्मला श्रेष्ठ, केमिकल शाक्य, भानु रोशन राजभण्डारी र निर्वतमान अध्यक्ष रसुमिला श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
बागलुङ समाजको संस्थागत विकास र समुदायको हितमा सबैसँग सहकार्य गरेर आफू अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष डा. स्वंय प्रकाश श्रेष्ठले नयाँ विश्वलाई बताउनुभयो ।
बागलुङ जन्मघर भइ काठमाडौंमा बसोबास, जागिर तथा व्यवसायी गर्दै आएका बागलुङेहरुले समाजका सदस्यहरुको भलाईको लागि भनेर डा. रामकुमार श्रेष्ठ अध्यक्षतामा विसं २०३९ समाजको स्थापना गरिएको थियो ।
संस्थाले शैक्षिक, सामाजिक, सांस्कृतिक, धार्मिक एवम् स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।



















































































































































































































