९ कार्तिक २०८३, आईतवार

 

धौलागिरि बहुमुखी क्याम्पसमा राप्रवि संघको ताला

बागलुङ । धौलागिरि बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको विषयलाई लिएर राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी समूहले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन् ।

चैत ५ गते हुने स्ववियु निर्वाचनमा क्याम्पसले फर्जी भर्ना गरेको विषय बाहिर आएपनि क्याम्पसले मनोमानी ढंगले निर्वाचन प्रक्रिया अघि बढाएको विषयमा लिखित जानकारी माग गर्दै तालाबन्दी गरिएको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका होम थापाले जानकारी दिनुभयो ।

स्वतन्त्र विद्यार्थी समुहका भुवानी विकले छलफल र संवाद नगरी निर्वाचन अघि बढाईएकोमा निर्वातन कार्यालयमा ताला लगाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung