महिला हित बचत तथा ऋण सहकारी बागलुङकी अध्यक्ष लिलादेवी खड्का भारतमा सम्मानित हुनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोकरेट्स सोशल रिसर्च युनिभर्सिटी नयाँ दिल्लीद्वारा अन्तर्राष्ट्रिय रत्न श्री अवार्ड २०२५ एवं ऑनररी मानार्थ डॉक्टरेट अवार्डबाट खड्का सम्मानित भएकी हुन् ।
उनीसहित विभिन्न देशका उत्कृष्ट कार्य गरेका महिलाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष प्रोफेसर डा. श्री योगेश, भारतीय सर्वोच्च न्यायालयका पूर्वमुख्य न्यायाधीश के.जी बालकृष्ण, विशिष्ट अतिथी पूर्व मेजर जनरल श्री पीके सहगललगायतको उपस्थिति रहेको थियो ।



















































































































































































































