१८ कार्तिक २०८३, मंगलवार

 

आज धौलागिरि चोकमा हनुमान नाँच प्रदर्शन हुने

बागलुङ । धौलागिरि चोकको आयोजनामा बागलुङ नगरपालिकास्थति धौलागिरी चोकमा हनुमान नाँच प्रदर्शन हुने भएको छ ।

चैत २ गते शनिबार धौलागिरि चोकमा दिउँसो ५ बजे हनुमान नाँच प्रदर्शन हुने हनुमान नाँच व्यवस्थापन समितिका संयोजक ताराप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार ५ बजे गणपती सुनचाँदी पसल अगाडी पुजा दिने कार्यक्रम राखिएको छ ।

हनुमान नाँच लालिगुराँस चोकदेखि मरेपिपलसम्म र जिप पार्कदेखि अस्पताल रोडसम्म प्रदर्शन हुने हनुमान नाँच पुजा व्यवस्थान समितिकी सदस्य सुन्दरी श्रेष्ठले जानकारी दिनुभयो ।

हनुमान नाँच नयाँ पुस्तालाई हस्तान्तरण गर्न, संस्कृति संरक्षण र यसलाई पर्यटन प्रवर्द्धनसँग जोड्न महत्वपूर्ण कोसे ढुंगा हुने हुनमान नाँच संरक्षण परिषद् बागलुङका उपाध्यक्ष मनोविज्ञान श्रेष्ठले बताउनुभयो ।

३८७ वर्ष पुरानो भक्तपुरबाट आएको यो ऐतिहासिक नाँचको संरक्षण र विकासको लागि बागलुङमा हनुमान नाँच संरक्षण परिषद सक्रिय भएर लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung